एमाले कैलाली अध्यक्षमा थापा विजयी, चन्द ४ मतले हारे
मङ्गलबार, २७ पुस २०७८, ०७ : ३५
नेकपा (एमाले) कैलाली जिल्ला अध्यक्षमा रतन थापा विजयी भएका छन् । थापाले प्रत्यासी रणबहादुर चन्दलाई चार मतले पराजित गरेका हुन् । आठौं अधिवेशनमा भएको चुनावमा थापाले २ सय ८७ मत पाउँदा चन्दले चन्दले २ सय ८३ मतमा चित्त बुझाए ।
एमाले कैलालीको उपाध्यक्षमा दुर्गा जोशी विजयी भएका छन् । उपाध्यक्षका अर्का प्रत्यासी सीताराम बुढाथोकीलाई पराजित गर्दै जोशी विजयी भएका हुन् । जोशीले ३ सय २७ मत पाए भने बुढाथोकीले २ सय ९ मत पाएका हुन् ।
सचिवमा डेजी पाण्डे २ सय ९४ मत ल्याएर विजयी भएका छन्, भने उनका प्रतिस्पर्धी दानबहादुर विक २ सय ६० मत ल्याएर पराजित भएका छन् ।
उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी भएका छन् ।
उपाध्यक्ष र सचिवमा विजयी भएका जोशी र पाण्डे दुबै चन्द प्यानलका उममेदवार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का