सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

बुधबारका लागि बोलाइयो कर्णाली प्रदेशसभा बैठक

सोमबार, २६ पुस २०७८, २१ : ५३
सोमबार, २६ पुस २०७८

कर्णाली प्रदेशसभाको नवौं अधिवेशन बोलाइएको छ । बुधबार (पुस २८) गते दिनको ३ बजेतिर बस्ने गरी बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।  संविधानको धारा १८३ बमोजिम बैठक बोलाइएको हो । प्रदेश सभा नियमावली, २०७४ को नियम ३ को उपनियम ३ बमोजिम सांसदहरुलाई सोही मितिमा उपस्थितिका लागि अनुरोध गरिएको सचिवालयका कानुन अधिकृत मदन खड्काले जानकारी दिए ।
पौष २१ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

यसअघि मंसिर १४ गते मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको थियो । तर प्रमुख प्रतिपक्ष दल नेकपा एमाले उपस्थिति नभएपछि मंसिर १५ गते बैठक सारियो । महाधिवेशनको संघारमा रहेको एमाले १५ गते पनि सहभागी नभएपछि सत्ता गठबन्धनकै सहभागितामा मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका थिए । 

उनले विश्वासको मत लिएसँगै सोही दिन बुधबार रातको १२ बजेदेखि प्रदेशसभा बैठक अन्त्य गरिएको थियो । मुख्यमन्त्री शाहीले विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिने बनाइएपनि अन्ततः शाहीले अहिलेसम्म पनि पूर्णता दिन सकिरहेका छैनन् । सुरुवाती चरणमा सरकारलाई पूर्णता दिने कुरालाई लिएर चर्चा–परिचर्चा हुने गरेपनि पछिल्लो समय भने झन सुस्ताउँदै गएको छ । 

तथापि, मुख्यमन्त्री शाहीले सार्वजनिक कार्यक्रमहरुमा भने छिट्टै मन्त्रिपरिषदले पूर्णता पाउने छट्ट भाषण गर्न भने छाडेका छैनन् । सत्ता गठबन्धनमा रहेका तीन दलहरुबीच विवाद भइरहँदा सरकारले पूर्णता पाउन सकिरहेको छैन । 

गठबन्धन दलकै नेताहरु सरकार विस्तारमा स्वंयम् मुख्यमन्त्री शाहीले चासो नदिएको बताउँदै आएका छन् ।  मुख्यमन्त्री शाहीले अन्य दलभित्रको कुरा भन्दा पनि आफ्नै दलभित्रको समिकरण मिलाउन सकिरहेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप