पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विद्यार्थीद्वारा आर्थिक सहयोग

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुले जेष्ठ नागरिकलाई आर्थिक सहयोग गरेका छन् । त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग रत्नराज्यलक्ष्मी क्याम्पस स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले साहारा जेष्ठ नागरिक समाजलाई आर्थिक सहयोग गरेका हुन् ।
काभ्रेको पनौती नगरपालिका १० खोपासी स्थित साहारा जेष्ठ नागरिक समाजमा रहेका बृद्धबृद्धाहरुलाई सहयोग पुगोस् भनेर विद्यार्थीहरुले १७ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । २०७० सालमा स्थापना भएको उक्त संस्थामा ६० बर्ष भन्दा माथिका बृद्धबृद्धाहरु छन् । उक्त समाजमा दैनिक रुपमा भजन कृतन गरेर मनोरञ्जनात्क कार्य गर्ने गरिएको साहारा जेष्ठ नागरिक समाजले जनाएको छ ।
तेस्रो सेमेस्टर र प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु गत पौष ३ गते पिक्नीक गएका थिए । उक्त पिक्नीकबाट बचेको रकम साहारा जेष्ठ नागरिक समाजलाई सहयोग गरेको विद्यार्थीको प्रतिनिधित्व गरेका सीआर भण्डारीले बताए । तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी सीआर भण्डारीले साहार जेष्ठ नागरिक समाजका अध्यक्ष भरत शर्मालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे