इँटा उद्योगमा काम गर्ने कामदार महिलाको मृत्यु
सप्तरीको रुपनी गाउँपालिका–६ तेरहौतास्थित इँटा उद्योगको बन्डीवाल भत्किँदा आज एकजना महिला कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–६ बस्ने ५० वर्षीय जतरीदेवी सरदार रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । विशाल इँटा उद्योगमा काम गर्ने सरदार काँचो इँटा पकाउनका लागि चाङ लगाउने क्रममा छेउको वाल भत्किँदा उनी च्यापिएकी थिइन् ।
उपचारका लागि छिन्नमस्ता अस्पताल राजबिराजमा भर्ना गरे पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, इँटा उद्योगको बन्डीवाल भत्किँदा अग्निसाइर कृष्ण सावरण गाउँपालिका–४ बस्ने ५० वर्षीय मङ्गल सदा र भारतको राबेरली मधुवन बस्ने ४० वर्षीय रमेशकुमार लौउदी घाइते भएका छन् ।
विभिन्न भागमा चोटपटक लागि घाइते भएका उनी दुवै जनाको उपचारका लागि छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यता घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’