शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

सुन चोरी गरेको आरोपमा दुई जना पक्राउ

सोमबार, २६ पुस २०७८, २० : ०७
सोमबार, २६ पुस २०७८

दाङमा पाँच तोला सुनका गरगहनासहित नगद चोरी गरेको आरोपमा दुई युवा पक्राउ परेका छन्। राप्ती गाउँपालिका–१ निवासी गङ्गादेवी क्षेत्रीको घरबाट पाँच तोला सुनका गरगहनासहित ३९ हजार नगद चोरी गरेर फरार रहेका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

उनीहरूको साथबाट प्रहरीले सुनको बाला ५ थान, मङ्गलसूत्र दुई थान, सुनको सोली चार थान, निलो बट्टासहितको छ सय, चाँदीको सिक्का एक थान समेत गरी अन्दाजी ४ लाख ५२ हजार बराबरको सुन र ३९ हजार पाँच सय नगद र एक थान मोबाइल सेट बरामद गरेको जिप्रका दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । पक्राउ पर्नेमा राप्ती गाउँपालिका १ निवासी अन्दाजी १८ वर्षीय वसन्त खत्री र सोही ठाउँ निवासी अन्दाजी २३ वर्षीय खेमराज चौधरी रहेको प्रहरीले बताएको छ । खत्री र चौधरीलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप