नेपाल आउने यात्रुलाई कडाई, ७२ घन्टा भित्रको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने
सोमबार, २६ पुस २०७८, १८ : ०८
कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि नेपाल आउने यात्रुहरूलाई समेत कडाई गरिने भएको छ । गृह मन्त्रालयले जारी गरेको नयाँ निर्देशनअनुसार नेपाल प्रवेश गर्ने यात्रुले पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने छ ।
७२ घन्टाभित्र परीक्षण गरेको रिपोर्ट नेगेटिभ भएकाले मात्रै नेपाल प्रवेश पाउने भएका हुन् । यस्तै, पूर्ण खोप लगाएको यात्रुले मात्रै वायुसेवा बोर्डिङ पास जारी गर्न अध्यागमन विभागले मन्त्रालयले निर्देशन दिएको छ ।
यसैगरी, दक्षिण अफ्रिका लगायतका देशबाट नेपाल आउने यात्रुलाई क्वारेन्टिन आइसोलेसनको व्यवास्था लागू गर्न समेत गृह मन्त्रालयले निर्देशन दिएको छ । यस्तै, विभागले ट्राभल एडभाइजरी जारी गर्दा गृह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गर्न पर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण