सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल आउने यात्रुलाई कडाई, ७२ घन्टा भित्रको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने

सोमबार, २६ पुस २०७८, १८ : ०८
सोमबार, २६ पुस २०७८

कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि नेपाल आउने यात्रुहरूलाई समेत कडाई गरिने भएको छ । गृह मन्त्रालयले जारी गरेको नयाँ निर्देशनअनुसार नेपाल प्रवेश गर्ने यात्रुले पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने छ ।

७२ घन्टाभित्र परीक्षण गरेको रिपोर्ट नेगेटिभ भएकाले मात्रै नेपाल प्रवेश पाउने भएका हुन् । यस्तै, पूर्ण खोप लगाएको यात्रुले मात्रै वायुसेवा बोर्डिङ पास जारी गर्न अध्यागमन विभागले मन्त्रालयले निर्देशन दिएको छ ।

यसैगरी, दक्षिण अफ्रिका लगायतका देशबाट नेपाल आउने यात्रुलाई क्वारेन्टिन आइसोलेसनको व्यवास्था लागू गर्न समेत गृह मन्त्रालयले निर्देशन दिएको छ । यस्तै, विभागले ट्राभल एडभाइजरी जारी गर्दा गृह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गर्न पर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप