प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ
सोमबार, २६ पुस २०७८, १८ : ०३
प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । प्रधानमन्त्री देउवाको निजी सचिवालयले उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोभिड संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेसनमा बसेका थिए ।
प्रचण्डलाई शनिबार बिहान कोभिड संक्रमण पुष्टि भएको थियो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकमा प्रचण्ड सहभागी भएका थिए । प्रचण्डलाई कोभिड देखिएपछि देउवालाई पीसीआर रिपोर्ट नआउँदासम्म आइसोलेसनमा बस्न चिकित्सकले सुझाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सविनकी श्रीमतीलाई भाटभटेनीमा जागिर, परिवारलाई घरमै पुगेर चेक हस्तान्तरण
-
दुर्गा प्रसाईँलाई प्रहरीले नै भगाएको राजेन्द्र लिङ्देनको आरोप
-
लोकतान्त्रिक रूपान्तरणमा नेपालले देखाएको अभ्यास उदाहरणीय : सभामुख घिमिरे
-
सोसल मिडिया अराजकतावादीको कब्जामा छ : एमाले महासचिव
-
राप्रपाको आन्दोलन, झण्डाको व्यापार, तस्बिरहरू
-
नेपाललाई ‘ग्रे लिष्ट’ बाट बाहिर निकाल्न गृहकार्य