प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ
सोमबार, २६ पुस २०७८, १८ : ०३
प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । प्रधानमन्त्री देउवाको निजी सचिवालयले उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोभिड संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेसनमा बसेका थिए ।
प्रचण्डलाई शनिबार बिहान कोभिड संक्रमण पुष्टि भएको थियो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकमा प्रचण्ड सहभागी भएका थिए । प्रचण्डलाई कोभिड देखिएपछि देउवालाई पीसीआर रिपोर्ट नआउँदासम्म आइसोलेसनमा बस्न चिकित्सकले सुझाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण