शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गर्भवती र स्तनपान गराइरहेका महिलालाई खोप लगाउन आग्रह

सोमबार, २६ पुस २०७८, १७ : ५५
सोमबार, २६ पुस २०७८

सरकारले स्तनपान गराइरहेका र गर्भवती महिलालाई कोरोनाविरुद्धको खोप ढुक्क भएर लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्तनपान गराइरहेका र गर्भवती महिलालाई भ्रममा नपरिकन विना सङ्कोच खोप लगाउन आग्रह गरेको हो । 

स्तनपान गराइरहेका महिलाले खोप लगाएमा आमा र बच्चा दुवैलाई सुरक्षा प्रदान गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बताए । कोरोनाविरुद्धको खोपले गर्भपतन हुने, कम तौल भएको बच्चा जन्मिने, समय नपुगी जन्मने भन्ने कुराको खोपसँग कुनै सम्बन्ध नभएको अधिकारीले बताए ।

उक्त खोप गर्भवती भएको पहिलो तीन महिनापछि लगाउन मिल्ने डा.अधिकारीको भनाई छ । मन्त्रालयले ढिला नगरिकन पायक पर्ने स्वास्थ्य केन्द्रमा पुगी खोप लगाउनसमेत सबैसँग आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप