सार्वजनिक सेवा लिन माघ ७ देखि ‘खोप कार्ड’ अनिवार्य गर्ने निर्णय स्वीकृत

सरकारले माघ ७ गतेदेखि सार्वजनिक सेवा लिनका लागि खोप कार्ड अनिवार्य पेश गर्नुपर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसलाई गृहमन्त्रालयले स्वीकृत गरेको हो ।
गृहमन्त्री स्तरीय सो निर्णयसँगै माघ ७ देखि सरकारी तथा सार्वजनिक सेवा लिनका लागि कोभिड बिरुद्धको खोप लगाएको कार्ड अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । सो निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयले सुरक्षा निकाय र देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई सर्कुलर गरेको छ । यसैगरी २५ जना भन्दा बढी भेला हुन पनि रक लगाइएको छ ।
यसैगरी होटल, रेष्टुरेन्ट, सिनेमा हल, हवाईमार्ग र पार्कमा प्रवेश गर्दा पनि कोभिड बिरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय भएको छ । खोप कार्डको फोटो मोबाइलमा खिचेको भए पनि मान्य हुने गृह मन्त्रालयले जनाएको छ । त्यस्तै, सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी मानिसहरु भेला जम्मा हुन निषेध गर्ने निर्णय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमका लागि नेपाली राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
रास्वपा नेतृ ज्वाला सङ्ग्रौलाविरुद्ध अवहेलना मुद्दा
-
एसियन हाइवे विस्तारले जग्गाधनीको बिल्लीबाठ
-
हावाहुरीका कारण कर्णालीमा विद्युत् सेवा अवरुद्ध
-
महावीरको मार्गदर्शन परिपालन गर्न सकेमा राष्ट्रिय एकता सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची