सार्वजनिक सेवा लिन माघ ७ देखि ‘खोप कार्ड’ अनिवार्य गर्ने निर्णय स्वीकृत
सरकारले माघ ७ गतेदेखि सार्वजनिक सेवा लिनका लागि खोप कार्ड अनिवार्य पेश गर्नुपर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसलाई गृहमन्त्रालयले स्वीकृत गरेको हो ।
गृहमन्त्री स्तरीय सो निर्णयसँगै माघ ७ देखि सरकारी तथा सार्वजनिक सेवा लिनका लागि कोभिड बिरुद्धको खोप लगाएको कार्ड अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । सो निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयले सुरक्षा निकाय र देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई सर्कुलर गरेको छ । यसैगरी २५ जना भन्दा बढी भेला हुन पनि रक लगाइएको छ ।

यसैगरी होटल, रेष्टुरेन्ट, सिनेमा हल, हवाईमार्ग र पार्कमा प्रवेश गर्दा पनि कोभिड बिरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय भएको छ । खोप कार्डको फोटो मोबाइलमा खिचेको भए पनि मान्य हुने गृह मन्त्रालयले जनाएको छ । त्यस्तै, सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी मानिसहरु भेला जम्मा हुन निषेध गर्ने निर्णय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण