शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वरिष्ठ साहित्यकार भट्टको निधन

सोमबार, २६ पुस २०७८, १७ : २५
सोमबार, २६ पुस २०७८

सुदूरपश्चिमका वरिष्ठ साहित्यकार वासुदेव भट्ट (भाइसाब) को ७८ वर्षको उमेरमा निधन भएको छ । भीमदत्त नगरपालिका–१८ कटानस्थित आफनै निवासमा आइतबार राति उनको निधन भएको हो । साहित्यकार भट्ट लामो समयदेखि अस्वस्थ्य रहँदै आएका थिए ।

भट्टको निधनले सुदूरपश्चिमको लोक साहित्य र शिक्षा क्षेत्रका धरोहर गुमाएको सुदूरपश्चिम विश्वविद्यालय पूर्व व्यवस्थापन सङ्कायका डिन भारती जोशीले बताइन् । “साहित्यकार भट्टको लोक साहित्य र लोक संस्कृति संरक्षणमा ठूलो योगदान रहेको छ”, उनले भनिन्, “सुदूरपश्चिमको लोक साहित्यमा गहिरो अभिरुचि राख्नेमा उहाँ अग्रपङ्क्तिमा हुनुहुन्थ्यो ।”

सुदूरपश्चिमको साहित्य, शिक्षा, समाजसेवा, राजनीति र मानवाधिकारका क्षेत्रमा समेत भट्टको महत्वपूर्ण योगदान रहेको उनको भनाइ छ । सुदूरपश्चिम विश्वविद्यालय स्थापनामा समेत भट्टको ठुलो योगदान रहेको छ । भट्ट साहित्यकारका रुपमा मात्रै नभएर मानव अधिकारकर्मीका रुपमा समेत परिचित रहेका थिए । उनी महाकाली साहित्य सङ्गमका संस्थापक अध्यक्षसमेत रहेका थिए ।

तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष, महेन्द्र माविका पूर्व शिक्षक भट्टले लोक साहित्य र लोक संस्कृतिबारे लामो समय कलम चलाउँदै आएको थिए । उहाँका दर्जनौं पुस्तक प्रकाशित छन् । भट्टको जन्म विसं २००० असार ५ गते बैतडीको दशरथचन्द नगरपालिका– ५ मा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप