काठमाडौँ बन्यो कोरोनाको ‘हटस्पट’
काठमाडौँ उपत्यका कोरोभाइरस सङ्क्रमणको हटस्पट बनेको छ । उपत्यकामा एकै दिन ८७६ जना कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितमध्ये यो सङ्ख्या ६० प्रतिशतभन्दा बढी हो । काठमाडौँ जिल्लामा मात्र ६७५ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ललितपुरमा १३६ तथा भक्तपुरमा ६५ जना सङ्क्रमित थपिएका छन् ।
उता प्रदेश १ मा मोरङमा सर्वाधिक ७२ जना सङ्क्रमित भेटिएका छन् भने झापामा ३१ जना सङ्क्रमित थपिएका छन् । प्रदेश २ मा धनुषामा १८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने बागमती प्रदेशमा चितवनमा ४५ जना सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेशमा कास्कीमा ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ भने लुम्बिनी प्रदेशको रुपन्देहीमा ४३ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै, सुदूर पश्चिम प्रदेशको कैलालीमा १४ जना सङ्क्रमित थपिएका छन् ।
सोमबार देशभर थप १४ सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३५७ तथा एन्टिजेन विधिबाट ८९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप २५५ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा हालसम्म ८ लाख १४ हजार ४८५ जना सङ्क्रमणमुक्त भएका छन् । नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ८५५ जना पुगेको छ । यही अवधिमा थप २ जना कोरोनाभाइरस सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ६०६ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् । देशभर थप २ लाख १० हजार ५९४ जनाले खोप पनि लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण