कोरोना निरन्तर उकालो : थप १४ सय ४६ जनामा संक्रमण पुष्टि
सोमबार, २६ पुस २०७८, १६ : ४५

देशभर थप १४ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३५७ तथा एन्टिजेन विधिबाट ८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप २५५ जना संक्रमणमुक्त पनि भएका छन् । नेपालमा हालसम्म ८ लाख १४ हजार ४८५ जना संक्रमणमुक्त भएका छन् । नयाँ संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ जना पुगेको छ ।
यही अवधिमा थप २ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ६०६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । देशभर थप २ लाख १० हजार ५९४ जनाले खोप पनि लगाएका छन् ।
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा