लिपुलेकको रक्षा गर्न सरकारलाई खनालको आग्रह

नेकपा (एकीकृत समाजवादी) ले लिपुलेकमा भारतले सडक विस्तार गरेकोप्रति आपत्ति जनाएको छ । सोमबार एकीकृत समाजवादीका विदेश विभाग प्रमुख झलनाथ खनालले विज्ञप्ति जारी गरी गैर कानुनी रुपमा भारतले लिपुलेकमा सडक विस्तार गरेको बताए ।
‘नेपाल सरकारसँग कुनै छलफल विना गरिने विकास निर्माणको काम गैर कानुनी र नेपालको भौगोलिक अखण्डता र स्वाधिनताको गम्भीर उल्लंघन हो,’ पूर्वप्रधानमन्त्री खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नेपालको भूमि लिपुलेकमा सडक बनाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइप्रति एकीकृत समाजवादीको ध्यानाकर्षण भएको खनालको भनाइ छ ।
लिपुलेक कालापानी र लिम्पियाधुरा नेपालको सार्वभौम क्षेत्र भएको भारत सरकारलाई राम्रोसँग थाहा भएको एकीकृत समाजवादीले जनाएको छ । आफ्नो भूमिको रक्षाका लागि नेपाल सरकारलाई आवश्यक कदम चाल्न खनालको आग्रह छ ।
‘हाम्रो पार्टीले सडक निर्माणको घोर भत्र्सना गर्दछ । साथै सरकारलाई आफ्नो क्षेत्रको रक्षाका लागि आवश्यक कदम चाल्न हाम्रो आग्रह छ,’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपति ट्रम्पको प्रस्ताव रुसी राष्ट्रपतिले गरे स्वीकार
-
पुल सुधार र मर्मतका लागि विश्व बैंकसँग झन्डै २० अर्ब ऋण लिँदै सरकार
-
केपी ओली कपमा रातो कार्ड र रेफ्रीलाई हातपातको प्रयास, तस्बिरहरू
-
बाढी, पहिरोमा बेपत्ता भएका परिवारलाई मृतकसरह राहत दिइने
-
दक्षिण अफ्रिका र न्युजिल्यान्डको ऐतिहासिक उपलब्धि
-
निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बाटो खुल्यो