ललिता निवास प्रकरण : अनुसन्धान प्रतिवेदन सिआईबीमै फिर्ता
सरकारी वकिल कार्यालयले ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन केन्द्रीय अनुसन्धान विभाग (सिआईबी) लाई फिर्ता पठाइदिएको छ । सो प्रतिवेदन सोमबार सिआईबीलाई फिर्ता गर्ने निर्णय भएको सरकारी वकिल कार्यालयका प्रमुख गंगा पौडेलले जानकारी दिए । उनले थप अनुसन्धान गर्नुपर्ने भएकोले प्रतिवेदन सीआईबीलाई नै फिर्ता पठाइएको जानकारी दिए ।
प्रतिवेदन अदालतमा दर्ता गर्नुपर्ने मंगलबार सम्मको हदम्याद थियो । यद्यपि, मुलुकी ऐनअनुसार मुद्धा चल्ने भएकोले यसको हदम्याद भोलि (मंगलबार) नै नसकिने पौडेलले बताए ।
केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन बिहीवार ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको थियो । ललिता निवासको सरकारी जग्गालाई किर्ते गरी बेचबिखनमा संलग्न रहेको आरोपमा ब्यूरोले ३ सय जना भन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण