एमालेबाहेकका दलले वामपन्थीको खोलमात्रै ओढेका छन् : केपी ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेकका राजनीतिक दल वामपन्थी खोल ओडेर दक्षिणपन्थीको सेवामा लागेको बताएका छन् । सोमबार एमाले संखुवासभा जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई वामपन्थी भन्ने दलहरु प्रतिक्रियावादीहरुो खेमामा पुगेको आरोप लगाए ।
उनले देशमा परिवर्तन चाहाने एकमात्रै वामपन्थी पार्टी एमाले भएको दावी समेत गरे । ‘वामपन्थीको खोल ओडेका पार्टीमा साथीहरु अलमल नगर्नुहोस् । एमाले मात्रै परिवर्तन चाहाने, देशमा उन्नती, प्रगति चाहाने, सामाजिक न्याय र समानता दिने पार्टी हो’, ओलीले भने, ‘वामपन्थी खोल ओडेर प्रतिक्रियावादी काम गर्ने दक्षिणपन्थीको सेवामा समर्पित हुने, कम्युनिष्ट पार्टी फुटाउने, सरकार ढाल्ने र आफूलाई दक्षिणपन्थी खेमामा समाहित गर्ने तत्व र तीनका पार्टीमा नअलमलिन आग्रह गर्छु ।’
अध्यक्ष ओलीले एमालेको काँधमा देश बनाउने अभिभारा रहेको भन्दै त्यो अभिभाराबाट एमाले नभाग्ने बताए । पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले देश विकासका लागि एमाले नै चाहिने भन्दै एमाले नेतृत्वको सरकारबाहेक अरुले देशको विकास गर्न नसक्ने बताए । उनले एमालेले देशमा विकासको लहर ल्याएको उदाहरण दिदै त्यही विकास देख्न चाहनेहरुले आफ्नो नेतृत्वको सरकार ढालेको आरोप लगाए । ‘विकासका लागि एमाले नै चाहिन्छ,किमाथाङका सडक एमालेले सुरुवात गर्यो’, पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले विराटनगर–किमाथांका बाटो निर्माण भइसकेपछि चीन र समुद्रसँगको नेपालको सम्बन्ध टुट्न नदिने बताए ।
ओलीले नेपाल विश्वको १ नम्बर सुन्दर देशमा परेको भन्दै ओलीले प्राकृतिक रुपमा मात्रै होइन, सुशासन, स्वच्छता, मानवीयता र जनताको सुखको हिसावले यसलाई एक नम्बर देश बनाउने दावी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : राजु पाण्डेलाई निलम्बन गर्न मागदेखि रास्वपा नेतृविरुद्ध अवलेहलना मुद्दासम्म
-
कोरला नाकामा प्रदेशको भवनबाट अध्यागमन कार्यालय हटाउन संघलाई मुख्यमन्त्री पाण्डेको चेतावनी
-
मालिकार्जुन गाउँपालिकाले मासिक रूपमा शिक्षकको तलब खातामै पठाउने
-
‘शिक्षकहरुको धैर्यताको बाँध टुट्ने अवस्थामा पुगिसक्यो’
-
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाली डे’ मनाइँदै