सुनिल शर्मालाई पक्राउ गर्न माग, नेताहरुको भन्डाफोर गर्ने विद्यार्थी संगठनको चेतावनी

सात वटा विद्यार्थी संगठनले मेडिकल कलेज संचालक सुनिल शर्मालाई पक्राउ गर्न माग गरेका छन् । अनेरास्ववियुको केन्द्रीय कार्यालय नयाँ बानेश्वर बसेको सात विद्यार्थी सङ्गठनहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । हिजो विराटनगरस्थित नोवेल मेडिकल कलेजमा शान्तिपूर्ण रुपमा आन्दोलनमा रहेका विद्यार्थीहरूमाथि कलेज प्रशासनले भाडाका गुन्डाहरु समेत प्रयोग गरेको उनीहरुको आरोप छ ।
सात विद्यार्थी संगठनले उक्त घटनाको घोर निन्दा गरेका छन् । उनीहरुले आक्रमणमा संलग्न र उनीहरुलाई प्रयोग गरि आक्रमण गराउने कलेज संचालकलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न उनीहरुको माग छ । नोवेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज र मणिपाल मेडिकल कलेजले एमबीबीएस बीएमडी र बीएनएस का २०२१ ब्याचका विद्यार्थीहरुबाट गैरकानुनी रुपमा बढी शुल्क लिएको विद्यार्थी संगठनको आरोप छ ।
गुण्डागर्दी शैलीमा चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा चर्को शुल्क लिने र अभिभावकहरूलाई धम्कि दिने गरिएको संयुक्त विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले आन्दोलनप्रति संयुक्त विद्यार्थी सङ्गठनको बैठकले ऐक्यबद्धता जनाएको छ ।
पछिल्लो समय विभिन्न राजनैतिक पार्टीका नेताहरुसँग शैक्षिक माफिया र मेडिकल माफियाहरूले व्यक्तिगत सम्बन्ध स्थापित गरि आफ्नो स्वार्थ अनुकुल प्रयोग गरेकोप्रति संयुक्त विद्यार्थी सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
यस्ता कार्यमा संलग्न रहेका राजनीतिक दलका नेताहरुको भन्डाफोर र खबरदारी समेत गर्ने उनीहरुको माग छ । नोवेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा रिले अनशनमा रहेका आन्दोलनरत विद्यार्थीहरुप्रति संयुक्त विद्यार्थी सङ्गठनका अध्यक्षहरूको उपस्थितिमा पुस २८ गते ऐक्यबद्धता जाहेर गर्ने जनाइएको छ ।
आन्दोलनरत विद्यार्थीहरुमाथि भएको दमनविरुद्ध गृहमन्त्री र शिक्षा मन्त्रीको ध्यानाकर्षण गराउने संयुक्त विद्यार्थी संगठनको निर्णय छ । नोवेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा देखिएको समस्या समधानका लागि चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयसँग समेत छलफल गर्ने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध