शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकहरुले एटिएमको ढोका खुला राखेर सेवा दिनुपर्ने

सुरक्षा मापदण्ड पालन गरि बैंकिङ सेवा प्रवाह गर्न निर्देशन
सोमबार, २६ पुस २०७८, १५ : ४६
सोमबार, २६ पुस २०७८

कोभिड–१९ को संक्रमण बढेसँगै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सुरक्षा सम्बन्धि निर्देशन जारी गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले ‘क’, ‘ख’ ‘ग’ र ‘घ’ वर्गका वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्तहरुलाई कोभिड–१९ को संक्रमणको जोखिमलाई ध्यानमा राख्दै अधिकतम सुरक्षाको मापदण्ड पालन गरि बैंकिङ सेवा प्रवाह गर्न निर्देशन गरेको हो । 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ अनुसार निर्देशिका जारी गरेको बैंकले नेपाल सरकार तथा विश्व स्वास्थय संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाह गर्न आग्रह गरेको छ भने बैंकमा हुने अनावश्यक भिडभाडलाई कम गराई भौतिक दुरी कायम गरि सेवा प्रभाव गर्न समेत भनेको छ । 

यस्तै, बैंकले बैंक तथा वित्तीय संस्थाद्वारा संचालित एटिएम बुथहरूबाट संक्रमण जोखिम हुनसक्ने भन्दै सो जोखिम न्यूनिकरणका लागि एटिएम बुथको ढोका खुलै राखि स्यानिटाइजरको समेत प्रवन्ध गर्न निर्देशन गरेको छ ।
सोही निर्देशनमार्फत बैंकले बैंक तथा वित्तीय संस्थाबाट संचालन गरिने बैठक, गोष्ठी, सेमिनार तथा तालिम जस्ता कार्यक्रमहरुलाई समेत हालका लागि सकभर आयोजना नगर्न निर्देशन गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप