भारतमा कोभिडविरुद्ध बुस्टर डोज दिन सुरु
भारतमा निश्चित वर्गलाई लक्षित गरी कोभिडविरुद्ध बुस्टर डोज दिन थालिएको छ । संक्रमण तीव्र फैलिरहेका बेला सरकारले स्वास्थ्यकर्मी, अग्रपंक्तिमा खटिएका व्यक्ति र ६० वर्ष माथिका बृद्धबद्धालाई बुस्टर दिन सुरु गरेको हो ।
भारतमा ओमिक्रोनका कारण संक्रमण तीव्र फैलिएको छ । बुस्टर डोजले कोभिडविरुद्ध रक्षा गर्ने विभिन्न अध्ययनले देखाएका छन् । तीव्र वेगमा फैलिने ओमिक्रोन सर्वप्रथम नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । त्यस यता विभिन्न देशहरुले बुस्टर कार्यक्रमलाई विस्तार गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुस्टर डोजलाई ‘सावधानी डोज’ बताउँदै आएका छन् । बुस्टरअन्तर्गत पहिलो र दोस्रो डोज लगाएका व्यक्तिलाई तेस्रो पटक सोही खोप दिइन्छ । भारतमा मुख्यतया स्थानीयस्तरमा निर्माण गरिएका दुई ओटा खोप कोभिडशिल्ड र कोभ्याक्सिन प्रयोग गरिएको छ । सन् २०२१ को जनवरीदेखि खोप अभियान सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?