बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

प्रदेश २ सरकारले माघ ५ गते बलिदानी दिवस मनाउने

सोमबार, २६ पुस २०७८, १५ : ३४
सोमबार, २६ पुस २०७८

प्रदेश २ सरकारले यसपटक प्रत्येक वर्ष माघ ५ गते मनाइने बलिदानी दिवस सप्तरीमा मनाउने भएको छ ।  सो अवसरमा सप्तरीको रंगशालामा वृहत कार्यक्रमको आयोजना गरिने भएको छ । सो कार्यक्रममा मधेश आन्दोलनमा सहिद भएका परिवार तथा घाइते भएकालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । प्रदेश २ सरकारले प्रत्येक सहिद परिवारलाई तीन लाख नगदसहित सम्मान गर्ने प्रदेश २ सरकारका अर्थमन्त्री शैलेन्द्र साहले बताए । 

यस्तै सख्त घाइते भएकालाई तीन लाख, त्यसभन्दा कम घाइतेलाई साढे २ लाख र त्यो भन्दा पनि कम घाइतेलाई दुई लाख र समान्य घाइतेलाई २५ हजार नगदसहित सम्मान गरिने कार्यक्रम समेत छ ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप