बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनको सम्भावना बढेसँगै सेयर लगानीकर्ता उत्साहित, नेप्से १९ अंकले बढ्यो

सोमबार, २६ पुस २०७८, १५ : २७
सोमबार, २६ पुस २०७८

आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगातार दोस्रो दिन उच्च अंकको वृद्धि आएको छ । हिजो आइतबार ७३ अंकले बढेको नेप्से आज १९ अंकले उकालो लागेको छ । कारोबार सुरू भएदेखि तीव्र घटबढ आएको नेप्से अन्तिममा बढेर बन्द भएको हो ।

यसक्रममा आज पनि सात अर्ब १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । हिजो आइतबार नेप्सेमा १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । जुन, आज सोमबारकोभन्दा २ करोडले कम हो ।

आज नेप्से कारोबार सुरू भएदेखि ओरालो लागेर साढे ११ सम्म घटेको थियो । त्यसलगत्तै बढ्न थालेको नेप्से १२ बजेसम्म २७ ९९ अंकमा पुगेको थियो । तर, त्यसयता निरन्तर घट्दै २७ ५७ अंकमा आइपुगेर फेरी सुधारिँदै १९ अंक बढेर बन्द भएको हो । पछिल्लो दुई दिनको कारोबारले सेयर बजार फेरी लयमा फर्केको देखिएको छ ।

खासगरी, कोरोना संक्रमित बढेसँगै सेयर लगानीकर्ता उत्साहित बनेका छन् । संक्रमितको संख्या बढ्दै जाँदा सरकार स्मार्ट लकडाउनको परिकल्पना गरिरहेको छ । स्मार्ट लकडाउन वा पूर्ण लकडाउनको समयमा बजारमा लगानीका क्षेत्र बन्द हुनेछन् । उद्योग, उर्जा, व्यापार, घर÷जग्गा र अन्य क्षेत्रको लगानी पुनः बजारमा थुप्रिने छ ।

यसअघि, अघिल्ला लकडाउनका कारण अन्य लगानीका क्षेत्र खुम्चिँदा पनि सेयर बजारले ठूलै फड्को मारेको थियो । उक्त समयमा सेयर बजार परिसूचक अहिलेसम्मकै उच्च बिन्दु ३२ सय अंकसम्म पुगेको थियो भने दैनिक कारोबार २१ अर्ब रुपैयाँसम्म पुगेको थियो । तर, कोरोना संक्रमण घटेसँगै लकडाउन खुकुलो बन्दा सेयरमा गरेको लगानी अन्यत्र जान थाल्यो । फलस्वरुपः बजारमा लगानीयोग्य रकमको अभाव भयो र सेयर बजार खुम्चिन पुग्यो ।

तर, फेरी लकडाउनको सम्भावना बढेसँगै लगानीयका अन्य क्षेत्र बन्द हुँदा पुनः बैकमा रकम थुप्रिने र उक्त रकम सेयरमा लगानी हुने आँकलन लगानीकर्ताको छ । यस्तै, प्रशस्त पैसा बैकिङ सिस्टममा थुप्रिएपछि सस्तो ब्याजमै लगानी ऋण पाइने समेत लगानीकर्ताको बुझाई छ । सोहीकारण, बजारमा लगानी बढ्दा कारोबार रकमसँगै नेप्से परिसूचक पुनः उकालो लागेको हो ।

आज बैंकिङ, होटल एण्ड टुरिजम र उत्पादनमूलक समूहमा भने गिरावट आएको छ । यीबाहेक अन्य सबै समूहमा उत्साहजनक वृद्धि आएको छ । सबैभन्दा बढी जीवन बीमा समूहमा २१८ र निर्जीवन बीमा समूहमा १९० अंकको सुधार आएको छ । यस्तै, अन्य समूहमा ११३ अंकको सुधार आएको छ ।

बजार १९ अंकले बढ्दा मध्यभोटेकोसी जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने युनियन हाइड्रोपावर लिमिटेडको र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य समान ९÷९ प्रतिशत बढेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप