बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

लेबनानमा तैनाथ बर्द बहादुर गण सर्वोत्कृष्ट

सोमबार, २६ पुस २०७८, १५ : २३
सोमबार, २६ पुस २०७८

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ युनिफिल मिसन, लेबनानमा तैनाथ बर्द बहादुर गण (शान्ति सेना) सर्वोत्कृष्ट स्थानमा आएको छ । ६२ औं डफ्फा अन्य १० राष्ट्रका गणहरुमध्ये बर्द बहादुर गण सर्वोत्कृष्ट भएको हो ।

नेपाली शान्ति सैनिकहरुले आफ्नो जिम्मेवारी ईलाकामा गरेका उत्कृष्ट योगदानको कदरस्वरुप युनिफिल हेडअफ मिसन फोर्स कमान्डर मेजर जनरल स्टेफानो डेल कोलले टिमलाई प्रशंसापत्र प्रदान गरेका थिए । पुस २२ गते फोर्स हेडक्वार्टर, नाकुरामा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त गणका गणपतिलाई उत्कृष्टताको प्रतीकसहित सम्मान गरिएको थियो । 

उक्त गणले मिशन ईलाकामा तैनाथ भएदेखि नै आफ्नो जिम्मेवारी क्षेत्रको आठवटै पालिकाहरुमा कोभिड किट वितरण तथा विभिन्न समयमा नगरपालिकाहरुमा वृक्षारोपण, ऐतिहासिक किल्लाको संरक्षण र सम्वद्र्धन, गुणस्तरीय डेण्टल सेवा, विद्यालयहरुमा स्टेशनरी वितरण, महिला स्वास्थ्य सम्बन्धि जनचेतना कार्यक्रममा सहभागिता जनाएको थियो ।

साथै, स्थानीय ब्लिदा नगरपालिकामा नेपाली सेनाको हालसम्मकै ठूलो लगानीमा कृषि पोखरी तथा सार्वजनिक बगैचा निर्माण सम्पन्न गरेको   थियो । यसबाहेक उक्त गणले लेवनान र ईजरायलको सीमा क्षेत्रमा फैलिएको जैतुन खेतीको बाली सरोकारवाला निकायहरुसँग सहकार्य गरी सफलतासाथ भित्र्याइएको थियो । मिशनको इतिहासमै पहिलो पटक जैतुन बाली तनावरहित वातावरणमा सुरक्षित र शान्तिपूर्ण रुपमा भित्र्याइएको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप