रोल्पामा सुनिए समयका १७ कविताहरू
सुनिल स्मृति साहित्य महोत्सवको दोस्रो दिन ’समयका कविता शीर्षक’मा १७ कविहरूले कविता वाचन गरेका छन् । प्युठानका घनश्याम अस्तित्वबाट सुरु भएको कविता वाचन रोल्पाका दिलीप कुँवरमा आएर टुङ्गिएको हो । पाल्पाका कवि जनक कार्कीले बिजुलीको खम्बा शीर्षकमा कविता वाचन गरे भने रामेछापका कवि विक्रम पवन परियारले आवाज शीर्षकमा कविता वाचन गरे ।
राजु झल्लु प्रसाद (बिम्ब परिवर्तन गर कवि हो), अर्पण उत्कर्ष (लालसलाम र ताम्सालिङ), प्रेम प्रकाश मायालु (आगो लिन गएकाहरू), सविना भुषाल (मेरी मरियाना, छोरा जन्माउन कहाँ सजिलो छ र ?), युग सर्वनाम (खोलाको गति), समृद्धि नेपाल (हाम्रो देश बोल्छ), सुशीला सुवेदी (आमा, अझै पनि याद छ मलाई), विपना मगर (कठै मेरो देशको राजनीति), एलबी साथी (सिटामोल), उत्तम लिम्बु (कन्डम फुटेपछी), मुकुन्द्र खलपात्र (अर्धनग्न सगरमाथा) शीर्षकका कविता वाचन गरेका थिए ।
महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको यश सेसनमा कविहरूले क्रान्तिको इपिसेन्टर रोल्पाले १० वर्षे जनयुद्धको मर्मलाई बिर्सनु नहुने उद्घोष गरे । अग्रज कविद्वय श्रवण मुकारुङ र श्यामलले युवा कविहरूमा आशलाग्दो तरिकाले कविता लेखिरहेको बताए । समालोचक एवम् पत्रकार राजकुमार बानियाँले युवा कविहरूमा समसामयिक एवम वैश्विक राजनीति चेत देखिएको आफू खुसी भएको बताए ।
कविता वाचनको सेसनमा स्थानीय रोल्पालीहरूको पनि बाक्लो उपस्थिति रहेको थियो भने स्थानीय जनप्रतिनिधिहरू पनि उपस्थित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी कुगेलेइन र जेब नेपालमा
-
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
-
स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरमा हौसिएको छ माओवादी
-
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
-
‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’