शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मोदीको सुरक्षा खतराबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

सोमबार, २६ पुस २०७८, १३ : ४६
सोमबार, २६ पुस २०७८

प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा देखिएको गम्भीर कमजोरीबारे छानबिन गर्न सर्वोच्च अदालतबाट अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा एउटा उच्च स्तरीय समिति गठन हुने भएको छ ।

यसैसाता प्रधानमन्त्री मोदी सवार गाडी पन्जाबको फेरोजपुरको एउटा फ्लाइओभरमा झन्डै २० मिनेट फसेको थियो । किसानहरुको प्रदर्शनका कारण फसेपछि प्रधानमन्त्री पूर्वनिर्धारित कार्यक्रममा सहभागी नभई बीच बाटोबाट फर्किएका थिए । 

प्रधानमन्त्रीको सवारी सुरक्षामा कमजोरी देखिएपछि पन्जाबका सुरक्षा अधिकारी विवादमा तानिएका थिए । सोही विषयलाई लिएर सर्वोच्चमा उजुरीसमेत परेको थियो । शुक्रबार मात्र सर्वोच्चले पन्जाबका रजिष्टार जनरल र हरियाणा उच्च अदालतलाई प्रधानमन्त्रीको भ्रमणमा देखिएको ‘ठूलो सुरक्षा खतरा’ का सम्बन्धमा रेकर्ड सार्वजनिक गर्न हरियाणा उच्च अदालतलाई निर्देशन दिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप