शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा मनाइँदै विश्व हिन्दी दिवस

सोमबार, २६ पुस २०७८, १३ : ४५
सोमबार, २६ पुस २०७८

नेपालमा पनि सोमबार विभिन्न कार्यक्रम गरी विश्व हिन्दी दिवस मनाइँदै छ । नेपालस्थित भारतीय दूतावासले एक कार्यक्रम आयोजना गरी नेपालका साहित्यकारका साथमा सो दिवस मनाइरहेको हो । भारतले हिन्दी भाषाको प्रचार, प्रसारका लागि २००६ देखि विश्व हिन्दी दिवस मनाउन सुरु गरेको हो । हुनत् भारतका तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीले सन् १९७५ मा विश्व हिन्दी दिवसको उद्घाटन गरेकी थिइन् । तर विधिवत रुपमा २००६ जनवरी १० देखि मनाउन थालिएको भारतका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । 

हिन्दी भाषा विश्वका विभिन्न ३० वटा देशका कलेज तथा स्कूलमा अध्यापन हुँदै आएको छ । फिजीमा हिन्दी भाषालाई आधिकारिक भाषा मानिएको छ । हिन्दी भाषा मोरीसस, फिलिपिन्स, गुयाना, सुरिनाम, त्रिनिदाद, पाकिस्तानलगायतको देशमा पनि बोल्ने गरिन्छ । नेपालमा पनि हिन्दीलाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्छ भनि मधेशवादी दलहरुले माग गर्दै आएका छन् । 

नेपालमा हिन्दी भाषा बोल्ने र बुझ्ने धेरै छन् तर राष्ट्रिय जनगणना २०६८ का अनुसार यहाँ ७७ हजार ५६९ जनाले हिन्दी बोल्छन् । यहाँ हिन्दी साहित्यको विकासका लागि विभिन्न संस्थाहरु पनि खोलिएका छन् भने विभिन्न पत्रपत्रिका तथा अनलाइनहरु पनि सञ्चालनमा छन् । नेपालमा हिन्दी भाषाका विभिन्न पुस्तकहरु पनि प्रकाशित भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप