युक्रेनमा हमला गरेमा रुस ध्वस्त हुने अमेरिकी चेतावनी
रुसले युक्रेनमाथि आक्रमण गरेमा उसलाई आर्थिक रुपमा ध्वस्त पारिने चेतावनी अमेरिकाले दिएको छ । युक्रेनमा तनावका बीच सोमबार जेनेभामा अमेरिका र रुसका शीर्ष कुटनीतिक अधिकारीको बैठक हुने भएको छ । तर बाइडन प्रशासनले बैठक अगावै रुस युक्रेनबाट पछि नहटेसम्म कुनै सम्झौता नहुने स्पष्ट पारिसकेको छ ।
यदि रुस पछि नहट्ने हो भने अमेरिकाले युरोपमा आफ्नो रणनीतिक उपस्थिति बढाउने बाइडेन प्रशासनले जनाएको छ । यदि रुस पछाडि हटेमा बाइडेन प्रशासन युक्रेनमा मिसाइलको तैनाथी र पूर्वी युरोपमा नेटोको सैन्य अभ्यासमा पनि कमी ल्याउने विषयमा रुससँग चर्चा गर्न तयार हुनेछ । बाइडेन प्रशासनले भनेको छ, ‘यदि रुसले युक्रेनमा हमला गरे रुसलाई आर्थिक रुपमा ध्वस्त पारिने छ । अमेरिका र सहयोगी देशले केवल रुसको सरकारी संस्थामा कडा आर्थिक प्रतिबन्ध मात्रै लगाउन होइन कि आर्थिक मोर्चामा घेराबन्दी गरेर उसलाई विश्वकै सर्वाधिक खराब आर्थिक अवस्था भएको देशको श्रेणीमा पुराइने छ ।’
ठप्प हुने छ रुसका उद्योग
अमेरिकाले उर्जा र उपभोक्ता वस्तुका साथै आधुनिक र विकसित विद्युतीय कम्पोनेन्ट, सफ्टवेयर प्रविधिको रुसमा हुने निर्यातमा प्रतिबन्ध लगाउने छ । यस्तो भएको खण्डमा रुसले एकीकृत सर्किट र सम्बन्धित उत्पादन पाउने छैन । यसबाट रुसको एयरक्राफ्ट, मेसिन टुल्स, स्मार्टफोन, गेम कन्सोल, ट्याबलेट, टिभी, आर्टिफिसियल इन्टेलिजेन्स र क्वान्टम कम्प्यूटिङ जस्ता प्रविधि उद्योग धरासायी हुनेछ ।
अमेरिकी अभिव्यक्तिको जवाफ दिइरहेको छैन रुस
ह्वाइट हाउसका एक अधिकारीका अनुसार रुसको तर्फबाट हालसम्म जवाफ नआउनाले युक्रेनमा तनाव कम गर्नका लागि ह्वाइट हाउसको तर्फबाट टेलिफोनको माध्यमबाट गरिएको पहल खतरामा परेको छ । अमेरिकाले रुसबाट युक्रेन सीमामा सैन्य उपस्थिति घटाउने आग्रह गरेको थियो । तर रुसले अझैसम्म पनि यसमाथि फैसला गरेको छैन । अधिकारीका अनुसार युक्रेनमा रुसी हमला भयो भने अमेरिकाले कदम उठाउने छ ।
रुसको माग अनुसार अमेरिका पूर्वी युरोपमा आफ्नो सैन्य उपस्थिति कम गर्ने अवस्थामा छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
रासायनिक मलको आपूर्ति असहज, फेरि हुन्छ अभाव ?
-
यौन जीवन ध्वस्त पारिदिन सक्छन् यी सात रोगले, सतर्क हुनुहोस्
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्