आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आहा रारा गोल्ड कप ६ माघदेखि, १० टिमले प्रतिस्पर्धा गर्ने

सोमबार, २६ पुस २०७८, १३ : १०
सोमबार, २६ पुस २०७८

२० औं संस्करणको आहा रारा गोल्डकप ६ माघदेखि सुरु हुने भएको छ । मोफसलको उत्कृष्ट मध्येको प्रतियोगितामा यसपालि १० टिम सहभागी हुने भएका छन् । आयोजक सहारा क्लब र अमेरिकी टिमसहित ए डिभिजन खेलेका क्लबहरूबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

संकटा क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ। क्लब, विवाईएससी मिनेसोटा अमेरिका, मनाङ मर्स्याङ्दी र सहारा क्लब सहभागी हुने बताइएको छ ।

सहारा क्लब पोखराको आयोजनामा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता १५ माघसम्म सञ्चालन हुने अध्यक्ष सुरज गुरुङले जानकारी दिए । क्लबले फुटबल टुर्नामेन्ट गरेरै एकेडमी सञ्चालन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप