शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नोवाक जोकोविचले अष्ट्रेलियामा बस्ने लडाईं जिते

सोमबार, २६ पुस २०७८, १३ : ०९
सोमबार, २६ पुस २०७८

टेनिस स्टार नोवाक जोकोविचको अष्ट्रेलियाको भिसा रद्द गर्ने मामिलामा भएको सुनुवाईका बेला अदालतले जोकोविचलाई प्रवासन हिरासत केन्द्रबाट छोडिदिन आदेश दिएको छ ।

अघिल्लो हप्ता अष्ट्रेलियन ओपनमा भाग लिनका लागि पुगेका सर्बियाली टेनिस खिलाडी जोकोविचले कोरोनाको खोप नलगाएका कारण उनको भिसा रद्द गरिएको थियो ।

त्यसपछि उनले यो लडाईंलाई अदालतमा लिएर गएका थिए ।

भिसा रद्द भएको मुद्दा जोकोविचले जितिसकेका छन् ।

न्यायाधीश एन्थनी केलीले जोकोविचको भिसा रद्द गर्ने अष्ट्रेलियाली प्राधिकरणको निर्णयलाई ‘खारेज’ गरिदिएका छन् ।

यसको अर्थ यो हो कि अब उनको भिसा वैध भएको छ र उनी अष्ट्रेलियामा प्रवेश हुन सक्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप