शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कोरोनाको बहानामा एमाले चितवन जिल्ला अधिवेशन स्थगित

सोमबार, २६ पुस २०७८, १३ : ००
सोमबार, २६ पुस २०७८

नेकपा एमाले चितवनको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने नेताहरुको प्रयास असफल भएपछि कोरोनाको बहानामा अधिवेशन स्थगित गरिएको नेताहरुले बताएका छन् । सोमबार जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनालले विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी गराएका हुन् ।

सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउनेगरी सीसीएमसीले सिफारिस गरेको साथै कार्यकर्ता र सर्वसाधारणमा कोरोनाको जोखिम बढेकाले अधिवेशन स्थगित गरिएको विज्ञप्तिमा जनाइएको छ । यसअघि सोमबार बन्दसत्र कार्यक्रम तोकिएको थियो । एमाले चितवनको अध्यक्षका लागि चार जना आकांक्षी देखिएका छन् । जसमा राम न्यौपाने, कमल पाठक, तेजेन्द्र खड्का र कृष्ण भुर्तेल छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप