भीआईपीमा कोरोना आतंक : मन्त्रिपरिषद् बैठक प्रभावित
भीआइपी तहमा कोरोना संक्रमण भएसँगै मन्त्रिपरिषद्को बैठकसमेत प्रभावित प्रभावित भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवासहित उनको क्याबिनेटका कतिपय मन्त्रीहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।
कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री देउवा शनिबार देखिनै क्वारेन्टिनमा रहेका छन् भने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि क्वारेन्टिनमा छन् । सञ्चारमन्त्री कार्कीले कोरोनाका कारण प्रधानमन्त्री तथा कतिपय मन्त्रीहरु क्वारेन्टिनमा रहेकाले बैठक प्रभावित बनेको बताए । प्रधानमन्त्रीलगायतको कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्रै बैठक बस्नेछ । मन्त्रिपरिषद्को बैठक बिहीबार र सोमबार नियमितरुपमा बस्ने प्रचलन छ ।
कोरोनाको महामारीका सन्दर्भमा क्याबिनेटबाटै पनि कतिपय निर्णयहरु गर्नुपर्ने भएपनि भीआईपीहरु नै प्रभावित बनेका हुन् । आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले विद्यालय बन्दगर्नेदेखि विभिन्न १३ वटा सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण