भीआईपीमा कोरोना आतंक : मन्त्रिपरिषद् बैठक प्रभावित

भीआइपी तहमा कोरोना संक्रमण भएसँगै मन्त्रिपरिषद्को बैठकसमेत प्रभावित प्रभावित भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवासहित उनको क्याबिनेटका कतिपय मन्त्रीहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।
कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री देउवा शनिबार देखिनै क्वारेन्टिनमा रहेका छन् भने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि क्वारेन्टिनमा छन् । सञ्चारमन्त्री कार्कीले कोरोनाका कारण प्रधानमन्त्री तथा कतिपय मन्त्रीहरु क्वारेन्टिनमा रहेकाले बैठक प्रभावित बनेको बताए । प्रधानमन्त्रीलगायतको कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्रै बैठक बस्नेछ । मन्त्रिपरिषद्को बैठक बिहीबार र सोमबार नियमितरुपमा बस्ने प्रचलन छ ।
कोरोनाको महामारीका सन्दर्भमा क्याबिनेटबाटै पनि कतिपय निर्णयहरु गर्नुपर्ने भएपनि भीआईपीहरु नै प्रभावित बनेका हुन् । आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले विद्यालय बन्दगर्नेदेखि विभिन्न १३ वटा सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते