बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले ताप्लेजुङ अध्यक्षमा भूपेन्द्र र बलबहादुरबीच प्रतिस्पर्धा हुँदै

सोमबार, २६ पुस २०७८, १२ : ०७
सोमबार, २६ पुस २०७८

एमाले ताप्लेजुङको नयाँ नेतृत्वका लागि आज १२ बजेदेखि मतदान हुने भएको छ । प्रमुख निर्वाचन अधिकृत अधिवक्ता देवराज मेन्याङ्वोका अनुसार १२ बजेदेखि मतदान हुने छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेगरी निर्वाचन समितिले कार्यतालिका प्रकाशित गरेको छ ।
 
संयोजक बलबहादुर साम्सोहाङ र सहसंयोजक भूपेन्द्र थेवे दुवै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । थेवेलाई केपी ओलीले समानान्तर पार्टी कमिटी गठन गर्दा जिल्ला अध्यक्ष जिम्मेवारी दिएको थियो । सम्सोहाङ तत्कालीन वरिष्ठ नेता माधव नेपालको पक्षमा उभिएका थिए । तर पछि नेपालले नयाँ पार्टी दर्ता गरेपछि एमालेमै फर्किएका हुन् । 

साम्सोहाङ र थेवेको उम्मेदवारी मनोनयन पत्रको प्रमाणीकरण इञ्चार्ज तिलकुमार मेन्याङ्वोले र अन्य पदाधिकारी तथा सदस्यको उम्मेदवारी दर्ताको प्रमाणीकरण साम्सोहाङ र थेवेले संयुक्त गरेर निर्वाचन समितिसमक्ष पुग्ने व्यवस्था मिलाइएको छ । साम्सोहाङ पक्षबाट उपाध्यक्षमा मातृकाप्रसाद भट्टराई, सचिवमा केशरकुमार सुब्बा, उपसचिवद्वयमा मणिशंकर पोमू र सन्तोष चोङ्वाङले उम्मेदारी दिने गरी यो समूहले सूची तयार गरेको छ।

सहसंयोजक थेवे समूहबाट उपाध्यक्षमा सन्तोष खतिवडा, सचिवमा मंगलसिंह केदेम र उपसचिवमा दीपेन्द्र पोमू (दीपेन) र लिलाचक्र गुरुङले उम्मेदवार दिने गरी यो समूहले आफ्नो पक्षका उम्मेदवारको टुंगो लगाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप