कोरोना संक्रमण बढेसँगै एकीकृत समाजवादीको भेला स्थगित
सोमबार, २६ पुस २०७८, १२ : ०३

कोरोनाभाइरसको संक्रमण बढ्न थालेसँगै नेकपा एकीकृत समाजवादी पार्टीले सोमबारका लागि तय गरेको भेला स्थगित गरेको छ । सोमबार राजधानीको थापागाउँस्थित काठमाडौं व्याक्वेटमा एकीकृत समाजवादीको संघीय निर्वाचन क्षेत्र नम्बर १ को भेला तय गरिएको थियो ।
‘कोभिडको बढ्दो संक्रमणका कारण सरकारले २५ जनाभन्दा बढी भेला हुने कार्यक्रमहरु आयोजना गर्न बन्देज लगाएको छ । यसर्थ,आज थापागाउँस्थित काठमाडौं व्याक्वेटमा आयोजना गर्ने भनिएका काठमाडौं जिल्ला, संघीय निर्वाचन क्षेत्र नम्बर १ को भेला स्थगित गरिएको सूचित गरिन्छ’ पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुषालले जारी गरेको सूचनामा उल्लेख छ ।
उक्त भेला केही दिनमै भर्चुअल विधिबाट आयोजना गरिने सो पार्टीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डरलको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
इटालियन सिरी’एमा शीर्ष स्थानको इन्टर र युभेन्ट्सलाई सफलता
-
बुण्डेस लिगामा शीर्ष क्लब बायर्न र बायरलाई झट्का
-
ला लिगा : बार्सिलोना उपाधि उन्मुख, रियालसँग अंकदुरी थप बढ्यो
-
प्रिमियर लिग : म्यान्सिटीको फराकिलो जित, आर्सनल रोकियो बराबरीमा
-
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने