कोरोना संक्रमण बढेसँगै एकीकृत समाजवादीको भेला स्थगित
सोमबार, २६ पुस २०७८, १२ : ०३
कोरोनाभाइरसको संक्रमण बढ्न थालेसँगै नेकपा एकीकृत समाजवादी पार्टीले सोमबारका लागि तय गरेको भेला स्थगित गरेको छ । सोमबार राजधानीको थापागाउँस्थित काठमाडौं व्याक्वेटमा एकीकृत समाजवादीको संघीय निर्वाचन क्षेत्र नम्बर १ को भेला तय गरिएको थियो ।
‘कोभिडको बढ्दो संक्रमणका कारण सरकारले २५ जनाभन्दा बढी भेला हुने कार्यक्रमहरु आयोजना गर्न बन्देज लगाएको छ । यसर्थ,आज थापागाउँस्थित काठमाडौं व्याक्वेटमा आयोजना गर्ने भनिएका काठमाडौं जिल्ला, संघीय निर्वाचन क्षेत्र नम्बर १ को भेला स्थगित गरिएको सूचित गरिन्छ’ पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुषालले जारी गरेको सूचनामा उल्लेख छ ।
उक्त भेला केही दिनमै भर्चुअल विधिबाट आयोजना गरिने सो पार्टीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण