बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय

थारू पत्रकार संघको केन्द्रीय महाधिवेशन चैतको दोस्रो साता हुने

सोमबार, २६ पुस २०७८, ११ : ४४
सोमबार, २६ पुस २०७८

थारू पत्रकार संघ नेपालले पाँचौं केन्द्रीय महाधिवेशन आगामी चैत १२ र १३ गते नवलपुरमा गर्ने निर्णय गरेको छ । कपिलवस्तुको बाणगंगा–४, जितपुरमा आइतबार आयोजित केन्द्रीय कमिटीको नवौं बैठकले सो निर्णय गरेको हो ।
त्यस्तै, बैठकले आदिवासी जनजाति पत्रकार महासंघको केन्द्रीय महाधिवेशनका लागि तीन जनालाई प्रतिनिधि पठाउने भएको छ, जसमा प्रदीप लेखी, मदन चौधरी र पार्वता चौधरी रहेका छन् । 

बैठकले संघको विधान संशोधन मस्यौदा तयार गरेको छ । मस्यौदा विधानले संघको केन्द्रीय, प्रदेश र जिल्ला कमिटी रहने व्यवस्था गरेको छ । त्यस्तै, विधान मस्यौदामा संघको कार्य समितिको कार्यकाल ३ वर्षको हुने प्रस्ताव गरिएको छ । यसअघि २ वर्षको कार्यकालको व्यवस्था थियो । 

संघका केन्द्रीय अध्यक्ष सन्तोष दहितका अनुसार केन्द्रीय कमिटी बैठकले आगामी माघ १५ गतेभित्र जिल्ला शाखाको अधिवेशन, फागुन ७ भित्र संघको प्रदेश कमिटी गठन गर्ने निर्णय गरेको छ । संघको १६ जिल्लामा शाखा रहेको छ भने यसमा नेपाल भरिका करिब पाँच सय थारू पत्रकार आबद्ध रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप