आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

एमाले अछाम अधिवेशन : दिउँसो सवा १२ बजेदेखि मतदान

सोमबार, २६ पुस २०७८, ११ : ४०
सोमबार, २६ पुस २०७८

नेकपा एमाले अछामको आठौँ अधिवेशनमा अझै मतदान भएको छैन । निर्वाचन कार्यतालिकाअनुसार सोमबार बिहान ८ बजे मतदान हुने समय तोकिएको थियो । सोमबार बिहान पुनः अर्को तालिका सार्वजनिक गर्दै दिउँसो सवा १२ बजेबाट मतदान हुने निर्वाचन अधिकृत कृष्णप्रसाद ढुंगानाले जानकारी दिएका छन् ।

एमाले अछामको नयाँ नेतृत्वको लागि दुई पक्ष आमनेसामने भएका छन् । सुदूर पश्चिममै विशेष गरी हेरिएको अछामको अधिवेशनमा दुई पक्ष चुनावी मैदानमा होमिएका छन् । सहमतिमै नेतृत्व चयन गर्ने एमालेको केन्द्रीय निर्देशनविपरीत अछाममा निर्वाचन हुने भएको हो। निर्वाचन कार्यतालिका अनुसार दुवै पक्षले मनोनयन दर्तासमेत गरिसकेका एमाले अछामको महाधिवेशन स्थलबाट पत्रकार रमन भट्टले जनकारी दिए ।

एक समूहबाट अध्यक्ष पदमा चन्द्र बोहरा उपाध्यक्षमा भीम बिष्ट, सचिवमा आदर्श साउद , सह सचिवमा शेरबहादुर बुढा, डम्बर बिसी, रहेका छन् भने अर्को पक्षबाट अध्यक्षमा प्रकाश शाह, उपाध्यक्ष बलबहादुर कुँवर, सचिव भीम रावल (कालो टोपी) उप–सचिवमा प्रेमबहादुर महर र प्रेम खत्रीले उम्मेदवारी दर्ता गराएका हुन् ।

अछामका ९१ वडाका ७०० बढी प्रतिनिधिले जिल्ला कार्यसमिति चयनका लागि मतदान गर्दै छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप