रचना र अस्मिताको गीतमा नाचे धरानका दर्शक

रचना रिमाल, एकदेव लिम्बु, अस्मिता अधिकारी लगायत करिब आधा दर्जन बढी गायक गायिकाले सांगीतिक तालमा धराने दर्शक नचाएका छन् । ‘नेपाल आइस मनोरञ्जन धमाका २०२२’ नामक कन्सर्टमा गायक गायिकाले आफ्ना गीत प्रस्तुत गर्दा दर्शक खुसीले झुमेका देखिन्थे ।
युवापुस्ता माझ प्रिय गायिका रचना रिमालले कार्यक्रममा ‘फोटो फिरिममा’, ‘सम्झिने पानी छम्किने’, ‘उनको प्रित’ लगायतका आधा दर्जन गीत गाएका दर्शक रिझाएकी थिइन् । यस्तै, नेपाल आइडल सिजन २ को थर्ड रनरअपको विजेता गायिका अस्मिता अधिकारीले कार्यक्रममा ‘टाढा भएपनि’, ‘तिम्रो मायाले बाँधेर राख’, ‘साली मनपर्यो’, ‘लज्जावती झारझैं’ गीत गाएकी थिइन्, भने गायक एकदेव लिम्बुले ‘आँखामा आउने सपनी’, ‘क्या राम्री’, ‘तिम्रो मुटुमा’ जस्ता हिट गीत प्रस्तसत गरेका थिए ।
महेश लिम्बु र गोविन राजभण्डारीले संयुक्त संचालन रहेको कार्यक्रममा सिल्भर इन्टरटेनमेन्टले आयोजना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला