पेट बढ्न थाल्यो ? के गर्ने ?

पेटमा बोसो बढेर ठूलो हुँदै गएको छ भने समयमा नै यसलाई घटाउने प्रयास गर्नुपर्ने हुन्छ । लामो समयसम्म पेट बढ्ने समस्या रहिरहने हो भने यसलाई घटाउन निकै मुश्किल हुन्छ । यसका लागि समयमा नै विभिन्न उपायहरु अपनाउन आवश्यक हुन्छ ।
तातो पानी
तातो पानी पिउने बानी बसाल्नुहोस् । यसले चिसोबाट बचाउँछ । साथै, पेटको बोसो पगाल्ने काम पनि गर्छ । बिहान दूध हालेको चिया वा कफी पिउनुभन्दा तातो पानी पिउँदा पेट घट्दै जान्छ । यसले पाचन प्रक्रियालाई पनि सक्रिय बनाउँछ । तातो पानी पिउने बानीले एक हप्तामा पेट घटेको अनुभव हुन्छ ।
चिनी र नुन
चिनीबाट बनेको खानेकुराले मोटोपन बढाउँछ । र, नुनमा सोडियम हुन्छ । यसले पनि मोटोपन बढाउने काम गर्छ । अध्ययनका अनुसार चिनी युक्त खाद्यपदार्थ र नुन युक्त खाद्यपदार्थले पेट बढाउँछ ।
खाना खाने चाहनालाई नियन्त्रण
विशेषगरी चिसो मौसममा खाना खाने इच्छा धेरै हुन्छ । शरीरमा पानीको कमि हुँदा पनि खानेकुरा खाइरहने इच्छा जाग्छ । त्यसैले खानेकुरा खाने मन भएमा पानी पिउने गर्नुपर्छ । पानी पिउँदा पनि खाना खान मन लागेमा खाना खानुपर्छ ।
फाइबर युक्त खाना
खानामा फाइबर भएमा सजिल्यै पचाउन सकिन्छ । खाना सजिल्यै पच्न थालेपछि मोटोपन पनि बढ्दैन । यसले एसिडिटी पनि नियन्त्रणमा राख्छ । त्यसैले मैदाबाट बनेको खानेकुरा खान कम गर्नुपर्छ ।
व्यायाम
पेट घटाउन र मोटोपनबाट बच्न सबैभन्दा जरुरी कुरा भनेको व्यायाम नै हो । बढेको पेटलाई नियन्त्रणमा राख्न व्यायाम गर्न आवश्यक छ । त्यसैले पेट र कम्मरलाई ध्यान दिएर व्यायाम गर्ने गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाइरल सङ्क्रमणले अस्पतालमा क्षमताभन्दा बढी बिरामी
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु