वकीटकीको मुद्दामा सुकी दोषी करार
सोमबार, २६ पुस २०७८, ११ : ०३
आङ साङ सुकीलाई वकीटकीसँग स‌लग्न मुद्दामा चार वर्ष जेल सजाय सुनाइएको छ । गत फेब्रअुरीमा सत्ताच्यूत गरिएकी सुकीलाई लाइसेन्सबिनाको वकीटकी बोकेको आरोपमा म्यानमारको अदालतले दोषी पाएको रोयटर्स र एएफपी समाचार एजेन्सीले जनाएका छन् ।
सेनाले सत्ता हातमा लिए यता ७६ वर्षीय नोबल शान्ति पुरस्कार विजेता सुकी हिरासतमा नै रहेकी छन् । उनीलाई एक दर्जनभन्दा मुद्दामा १०० वर्षभन्दा बढी जेल सजाय माग गरिएको छ । सुकीले सबै आरोपहरुलाई अस्वीकार गर्दै आइरहेकी छन् ।
यसअघि अर्को मुद्दामा पनि सुकीलाई चार वर्षको जेल सजाय सुनाइएको थियो । उनीमाथि असन्तुष्ट समूहलाई उक्साएको र राष्ट्रिय विपद् कानूनअन्तर्गत सरकारले जारी गरेको कोभिड नियम उल्लंघन गरेको अभियोगमा जेल सजाय सुनाइएको थियो ।