दिल्ली प्रहरीका ३ सय बढी प्रहरी सङ्क्रमित
सोमबार, २६ पुस २०७८, १० : ०५

भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको बढ्दो सङ्क्रमणबीच दिल्ली प्रहरीका ३ सयभन्दा बढी प्रहरी सङ्क्रमित भएको पाइएको छ । यसमा दिल्ली प्रहरीका जनसम्पर्क अधिकारी र क्राइम ब्राञ्चका एसपी पनि सामेल छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार वरिष्ठ अधिकारीले ३ सयभन्दा बढी प्रहरी सङ्क्रमित भएको र फोर्सभन्दा अलग युनिटबाट रहेको र हाल क्वारेन्टिनमा रहेको बताएका छन् । दिल्ली प्रहरीमा हाल ८० हजार प्रहरी रहेका छन् ।
हालैमात्र दिल्ली प्रहरीका कमिस्नर राकेश अस्थानाले प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन स्ट्यान्डर्ड अपरेटिङ प्रासिजर जारी गरेका थिए । त्यसमा प्रहरी फ्रन्टलाइनमा काम गर्ने र जनताको बीचमा सेवा दिने भएकाले कोरोनाबाट बच्न सुरक्षाका कदम अपनाउन भनिएको थियो ।
बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ दिनपछि खुल्यो कर्णाली स्वास्थ्य प्रतिष्ठानमा लागेको ताला
-
१२ बजे, १२ समाचार : रवि सुतिरहेको तस्विर भाइरल गर्नेलाई प्रहरीले कारबाही गर्नेदेखि सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न आदेशसम्म
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने