हिटरका कारण न्युयोर्कको एक भवनमा आगलागी, ९ बालबालिकासमेत १९ को मृत्यु

न्युयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ जसमा ९ बालबालिका समावेश छन् ।
न्युयोर्कका मेयर एरिक एडम्सले उक्त घटनामा घाइते भएका ३२ जनालाई अस्पताल भर्ना गराइएको जसमध्ये धेरैको अवस्था गम्भीर भएको भएको जानकारी दिए ।
दमकल विभाग कमिश्नर डेनियल निग्रोले १९ तले भवनको प्रत्येक तलामा पीडित भेटिएको बताए । घटनाका बेला अत्यधिक धुँवा निस्किएको उनले बताए ।
उनले एनबीसी न्युजलाई दिएको जानकारी अनुसार ३० वर्षको अवधिमा यस्तो प्रकृतिको घटनाका कारण यति धेरैको मृत्यु भएको यो पहिलो पटक हो ।
अधिकारीका अनुसार आइतबार ब्रोन्क्स अपार्टमेन्ट ब्लकमा स्थानीय समयानुसार दिउँसो ११ बजे दोस्रो र तेस्रो तलमा आगलागी भएको हो ।
करिब २ सय दमकलकर्मीलाई आगो निभाउनका लागि पठाइयो । अधिकारीका अनुसार इलेक्ट्रिक हिटरमा समस्याका कारण यो आगो लाग्न सुरु भएको हो ।
कमिश्नर निग्रोकमा अनुसार आगो दुई तलमा लागेको थियो तर धुँवा जताततै थियो ।