शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस सिरहा सभापतिमा यादवको उम्मेदवारी घोषणा

सोमबार, २६ पुस २०७८, ०८ : २५
सोमबार, २६ पुस २०७८

नेपाली काँग्रेस ​सिरहा जिल्ला सभापतिमा पुनः रामचन्द्र यादवले उम्मेदवारी दिने घोषणा गरेका छन् । काँग्रेस प्रदेश अध्यक्ष कृष्ण यादव, केन्द्रीय सदस्य रमेश रिजाल र दिनेश यादव लगायतका नेताले जिरोमाइलस्थित रामचन्द्र यादवको घरमै पुगेर उनलाई सभापतिको उम्मेदवार बनाएका हुन् । 

उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाको आधिकारिक उम्मेदवार यादव नै रहेको दावीसमेत गरेका छन् ।

जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गर्दै यादवले आफ्नो पूरा प्यानल विजयी हुने दावी गरे । 

उनले भने, 'पहिलो पटक ३ सय मतान्तरले विजयी भएकाे थिए । यसपटक अझ बढी मतले विजयी हुन्छु । यादव वर्तमान जिल्ला सभापति र पूर्वसांसद पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप