बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

प्रेमनाथ ठाकुर बने नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक

सोमबार, २६ पुस २०७८, ०७ : ४०
सोमबार, २६ पुस २०७८

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी प्रेमनाथ ठाकुरलाई प्रदान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को निर्णय नहुञ्जेलसम्मका लागि उपमहानिर्देशक ठाकुरलाई नै निमित्तको जिम्मेवारी दिएको हो ।

प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्री ५८ वर्षे हदका कारण शुक्रबार अवकाश भएका थिए । क्षत्री प्राधिकरणको सञ्चालक समितिले कात्तिक १० को बैठकबाट महानिर्देशक नियुक्त भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप