ज्वाइँलाई हराउँदै एमाले सिन्धुलीको अध्यक्षमा कार्की
नेकपा एमाले सिन्धुलीको अध्यक्षमा कुमारबहादुर कार्की निर्वाचित भएका छन् । उनी ४८८ मतसहित निर्वाचित भएका हुन् । कार्कीले निकटतम प्रतिद्वन्द्वी प्रदीप कुमार कटुवाललाई पराजित गरेका हुन् । निर्वाचनमा कटुवालले ४०८ मत प्राप्त गरेका थिए । निर्वाचनमा पराजित भएका कटुवाल बागमती प्रदेशसभा सदस्य हुन् भने उनी कार्कीका ज्वाइँ समेत हुन् ।
सर्वसम्मत नेतृत्व चयन गर्न सम्भव नरहेपछि एमाले सिन्धुली नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रियामा गएको थियो । नेतृत्व चयनका लागि आइतबार मतदान गरेको थियो । निर्वाचनमा कुल ९०३ मत खसेको थियो ।
त्यस्तै उपाध्यक्षमा कर्ण बहादुर घिसिङ ४४९ मतका साथ विजयी भएका छन् । उनले जगदीश्वर ताेलाङे र विनोद कुमार खड्कालाई पराजित गरेका हुन । तोलाङेले २१ मत पाउँदा खड्काले ४०४ मत पाएका थिए ।
त्यस्तै उपसचिवमा रश्मिला देवकोटा र मञ्जु देवकोटा निर्वाचित भएका छन् । रश्मिलाले ४६५ मत र मञ्जुले ४४५ मतका साथ विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी खड्ग रजनले ३११ मत पाए भने नवराज थिङले ४४० मत पाए । सचिव पदमा भने यश अघि नै सर्वसम्मत चयन भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु