तीन वर्षमा ५६ अर्ब ७६ करोड रुपैयाँ राजस्व छली
![तीन वर्षमा ५६ अर्ब ७६ करोड रुपैयाँ राजस्व छली](https://rpcdn.ratopati.com/media/albums/rupees_YZfkIOf4iL.jpg)
राजस्व अनुसन्धान विभागको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षमा एक हजार ४९ घटनामा ५६ अर्ब ७६ करोड ३८ लाख रुपैयाँ राजस्व छली भएको खुलेको छ । सोही अवधिमा २६ अर्ब ३३ करोड ५८ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा पनि गैर बैङ्किङ प्रणालीबाट कारोबार भएको छ । विभागले उक्त घटनामा ५५८ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा नौ अर्ब ८३ करोड रुपैयाँ राजस्व छली तथा चार अर्ब ६१ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा अपचलन भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै आव २०७६/७७ मा १५ अर्ब ५९ करोड ७२ लाख राजस्व छली तथा एक अर्ब ३३ करोड विदेशी मुद्रा अपचलन भएको छ । आव २०७७/७८ मा १९ अर्ब ८१ करोड ९५ लाख राजस्व छली तथा चार अर्ब ९४ करोड ५८ लाख बराबरको विदेशी मुद्रा अपचलन भएको छ । चालू आवको पाँच महिनामा मात्र सात अर्ब ११ करोड ७१ लाख राजस्व छली र १५ करोड ४५ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा अपचलन भएको पाइएको छ । राजस्व अनुसन्धान विभागको मात्र होइन, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पनि यस्तै तथ्याङ्क छ । विभागका अनुसार पछिल्लो पाँच वर्षमा ७६ वटा घटनामा सात अर्ब ६७ करोड ४१ लाख छ हजार २८५ रुपैयाँ ९० पैसाको कारोबार अवैध रूपमा भएको खुलेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवन : गाईको निबन्ध
-
इरानको राष्ट्रपति निर्वाचनमा सुधारवादी नेतालाई अग्रता
-
पानामा पेपर्स मुद्दामा २८ प्रतिवादीलाई सफाइ
-
जाजरकोटका मेयर चन्द्र प्रकाश घर्तीद्वारा लिखित आत्मकथा लोकार्पण
-
केन्यामा सरकार विरोधी प्रदर्शनमा ३० जनाको मृत्यु
-
अफगानिस्तान प्रवेश गरी कारबाही गर्ने पाकिस्तानी रक्षामन्त्रीको भनाइबारे तालिबानले के भन्यो ?