त्रिशूलले घोचेर किशोरीको हत्या प्रकरण : ५ दिन म्याद थपेर धामीमाथि अनुसन्धान जारी
त्रिशूलले शरीरका विभिन्न भागमा घोचेर बालिकाको हत्या गरेको आरोप लागेकी धामीमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ । सिन्धुपाल्चोककी १४ वर्षीया किशोरीको राजधानीको नागार्जुन नगरपालिकास्थित धामी उमा शाही ठकुरीको आश्रममा मृत्यु भएको थियो । शुक्रबार भएको सो घटनापछि प्रहरीले लगत्तै आरोपितलाई पक्राउ गरेको थियो ।
महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अभियुक्तमाथि अज काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राखेको बताए ।
सिन्धुपाल्चोक चौतारा साँगा चोकगढी नगरपालिका–२ घर भई हाल भक्तपुरको मध्यपुरथिमि नगरपालिका–७ बस्ने वर्ष १४ वर्षीया किशोरीलाई आमाले गत पुस ३ मै धामीकहाँ छाडेकी थिइन् । टाउको दुख्ने समस्या भएकी ती किशोरीलाई धामीले निको बनाउने आवश्वस्त पारेपछि आमाले त्यही छाडेर गएकी थिइन् । तर उनको त्रिशूलले घोचीघोची यातना दिएरै शनिबार मृत्यु भएको आफन्तको दावी छ ।
किशोरीलाई शनिबार बिहान गम्भीर अवस्थामा उपचारका लागि मनमोहन मेमोरियल अस्पतालमा लगिएपनि मृत्यु भइसकेको थियो । उक्त सूचना प्रहरीले अस्पतालको चिकित्सकबाट प्राप्त गरेपछि अनुसन्धानमा प्रहरी टोली खटाइएको थियो । किशोरीको शव शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार