भीम रावलको प्रश्न : भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिमा नेपाल सरकार किन मौन ?
![भीम रावलको प्रश्न : भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिमा नेपाल सरकार किन मौन ?](https://rpcdn.ratopati.com/media/albums/bhim_rawal_mat_magadai_18_QdvCmxs4sI.jpg)
नेकपा एमालेका नेता भीम रावलले नेपाली भूमि लिपुलेकमा सडक अघि बढाउनेबारे भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिमा नेपाल सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेकमा सडक अघि बढाउने सार्वजनिक अभिव्यक्ति दिँदा नेपाल सरकार किन मौन बसेको भन्दै उनले प्रश्न गरेका छन् ।
आइतबार राति ट्वीट गर्दै नेता रावलले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएको अकाट्य प्रमाण रहेको उल्लेख गरेका छन् । उनले एमसीसी सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवा र केपी ओलीले वार्ता गर्ने तर देशको भूभाग अतिक्रमण परेकोबारे कुरा नगरेको भन्दै लज्जास्पद चरित्रको संज्ञा दिएका छन् ।
उनले भनेका छन्, ‘नेपालको लिपुलेकमा सडक अघि बढाउने भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक भनाइमा नेपाल सरकार किन मौन ? लिपुलेक,कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएका अकाट्य प्रमाण छन्। एमसीसी सम्झौताबारे देउवा(ओली वार्ता गर्ने तर देशको भूभाग अतिक्रमणमा परेकोबारे कुरा नगर्ने, लज्जास्पद चरित्र ! ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमानिया समूह विजेता, बेल्जियम र स्लोभाकिया पनि अन्तिम १६ मा
-
पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु
-
कर्मचारीको तलब लगायतमा थप ४ अर्ब ५ करोड खर्च गर्न अर्थले दियो अख्तियारी
-
रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु
-
फतुवा विजयपुर नगरपालिकालाई आर्थिक कारोबार नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
-
रास्वपाका महामन्त्रीले बुझाए सभापतिलाई प्रतिवेदन