यस्तो छ सरकारले ब्युँताउन लागेको स्मार्ट लकडाउन कार्यविधि (पूर्णपाठ)
स्मार्ट लकडाउनसम्बन्धी यसअघिको कार्यविधि फेरि कडाइका साथ लागू हुने भएको छ। आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले भनिन्, ‘गत कोरोना महामारीमा नै हामीले स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि लागु गरेका थियौँ । त्यो कार्यविधिलाई प्रमुख जिल्ला अधिकारीले थप कडाइका साथ कार्यान्वयन गर्नका लागि निर्देशन दिन गृह मन्त्रालयलाई सिफारिस गरिएको छ ।’
सीसीएमसीका अनुसार नयाँ परिभाषित स्मार्ट लकडाउन भनेको वैज्ञानिक लकडाउनको उन्नत मोडालिटी हो । जुन मोडालिटी अनुसार अत्यावश्यक र प्राथमिकताका आधारमा बजार, व्यवसायदेखि सार्वजनिक क्षेत्र यकिन गरिन्छ र त्यसलाई खोल्ने र आवश्यकताअनुसार बन्द गरिन्छ । यसअघि किराना, खाद्यान्न, तरकारी तथा फलफुल पसल, हार्डवेयर पसल, कृषिजन्य विउविजन तथा मलखादका पसल, पुस्तक तथा स्टेशनरी पसल लगायत सञ्चालनका लागि फरक-फरक समय निर्धारण गरी सञ्चालन गर्ने निर्णय गरिएको थियो ।
यसअघि (गत वैशाखको लकडाउनपछि) कडा लकडाउनपछि आर्थिक गतिविधिलाई विस्तारै सञ्चालन गर्न दिने र जनजीवन सहज बनाउँदै लग्ने गरी नयाँ मोडालिटी ‘स्मार्ट लकडाउन’ नीति अनुरुप यस्ता क्षेत्रमा टाइमकार्ड प्रणाली लागू गर्ने निर्णय समेत भएको थियो ।
पूर्णपाठ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण