मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ सरकारले ब्युँताउन लागेको स्मार्ट लकडाउन कार्यविधि (पूर्णपाठ)

आइतबार, २५ पुस २०७८, २१ : ३६
आइतबार, २५ पुस २०७८

स्मार्ट लकडाउनसम्बन्धी यसअघिको कार्यविधि फेरि कडाइका साथ लागू हुने भएको छ।  आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।  बैठकपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले भनिन्, ‘गत कोरोना महामारीमा नै हामीले स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि लागु गरेका थियौँ । त्यो कार्यविधिलाई प्रमुख जिल्ला अधिकारीले थप कडाइका साथ कार्यान्वयन गर्नका लागि निर्देशन दिन गृह मन्त्रालयलाई सिफारिस गरिएको छ ।’

सीसीएमसीका अनुसार नयाँ परिभाषित स्मार्ट लकडाउन भनेको वैज्ञानिक लकडाउनको उन्नत मोडालिटी हो । जुन मोडालिटी अनुसार अत्यावश्यक र प्राथमिकताका आधारमा बजार, व्यवसायदेखि सार्वजनिक क्षेत्र यकिन गरिन्छ  र त्यसलाई खोल्ने र आवश्यकताअनुसार बन्द गरिन्छ । यसअघि किराना, खाद्यान्न, तरकारी तथा फलफुल पसल, हार्डवेयर पसल, कृषिजन्य विउविजन तथा मलखादका पसल, पुस्तक तथा स्टेशनरी पसल लगायत सञ्चालनका लागि फरक-फरक समय निर्धारण गरी सञ्चालन गर्ने निर्णय गरिएको थियो । 

यसअघि (गत वैशाखको लकडाउनपछि) कडा लकडाउनपछि आर्थिक गतिविधिलाई विस्तारै सञ्चालन गर्न दिने र जनजीवन सहज बनाउँदै लग्ने गरी नयाँ मोडालिटी ‘स्मार्ट लकडाउन’ नीति अनुरुप यस्ता क्षेत्रमा टाइमकार्ड प्रणाली लागू गर्ने निर्णय समेत भएको थियो । ​
 

पूर्णपाठ :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप