शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘टोखा मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता’मा त्रिभुवन आर्मीलाई चार पदक

आइतबार, २५ पुस २०७८, २१ : ०६
आइतबार, २५ पुस २०७८

टोखा फिटनेश एण्ड रिक्रियशन सेन्टर प्रालिको आयोजनामा सञ्चालन भएको ‘टोखा मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता’मा नेपाली सेना त्रिभुवन आर्मी क्लबका खेलाडीले दुई स्वर्ण र दुई कास्य पदक गरी जम्मा ४ पदक प्राप्त गरेका छन् ।

पुस २१ गतेदेखि २४ गतेसम्म काठमाडौं जिल्लास्थित टोखामा सञ्चालित प्रतियोगितामा पुरुष डबलतर्फ त्रिभुवन आर्मीका सुरज महर्जन र पवित लिङ्गथापको जोडी प्रथम भएको छ भने यु–१९ पुरुषतर्फ डेभिड थापा मगर प्रथम भए ।

यस्तै, यु–१९ पुरुषतर्फ आयुशमान नगाले र विवेक चौधरीले कास्य जितेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप