आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

स्याङ्जामा गोली लागेर एक युवकको मृत्यु, ६ जना पक्राउ

आइतबार, २५ पुस २०७८, २० : १५
आइतबार, २५ पुस २०७८

स्याङ्जा आँधिखोला गाउँपालिकामा एक युवाको गोली लागेर मृत्यु भएको छ । आँधिखोला –१ कालिखर्क जङगलमा यही पौष २० गते राती कालिजको शिकार गर्ने क्रममा सोही ठाउँका २७ वर्षीय मनोज बिकको मृत्यु भएको हो ।  
भरुवा बन्दुकको छर्रा लागेर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङजाले जनाएको छ ।  कालिज मार्ने क्रममा विकलाई गोलीको छर्रा लागेर मृत्यु हुँदा सँगै रहेका फरार ६ जना युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङजाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए । डिएसपी अधिकारीकाअनुसार पक्राउ पर्नेमा आँधीखोला–०१ बस्ने बर्ष २७ को सूर्य भन्ने भीमबहादुर सुनार, सोही ठाउँकै १८ वर्षीय सुनिल विक, २४ वर्षको दिनेश भन्ने रेवत पौडेल र बर्ष ३७ को धन बहादुर विकलाई पक्राउ गरिएको छ ।

त्यस्तै सोही ठाउँका बर्ष २४ को गोविन्द अधिकारी र २८ वर्षीय साजन कामीलाई रूपन्देही जिल्लाको बुटवल बसपार्कबाट पक्राउ गरिएको छ । पक्राउ परेकालाई ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको डिएसपी अधिकारीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप