एमाले अधिवेशन : प्रदेश १ का ८ जिल्लामा सर्वसम्मत नेतृत्व चयन
नेकपा एमालेले प्रदेश १ का ८ जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । शुक्रबारदेखि जारी अधिवेशन अन्तरगत प्रदेश १ का १४ जिल्लामध्ये ८ जिल्लाको नेतृत्व सर्वसम्मत चयन गरेको हो ।
बाँकी जिल्लामा पनि सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी रहेको र केही जिल्लामा भने नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको नेकपा एमाले प्रदेश कमिटिले जनाएको छ । एमालेले झापा, मोरङ, धनकुटा, खोटाङ, तेह्रथुम, भोजपुर, सोलुखुम्बु र पाँचथरको नेतृत्व चयन सर्बसम्मत गरेको हो ।
प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेका अनुसार एमाले मोरङको अध्यक्षमा ऋषिकेश पोखरेल, झापा अध्यक्ष दीपक कार्की, खोटाङ अध्यक्षमा रामप्रसाद दंगाल,धनकुटा अध्यक्षमा इन्द्रमणि पराजुली, तेह्रथुम जिल्ला अध्यक्षमा तेजमान कन्दङ्वा,पाँचथर जिल्ला अध्यक्षमा राजकुमार भण्डारी र भोजपुर अध्यक्षमा शरण राई र खोटाङको अध्यक्षमा रामप्रसाद दंगाल सर्वसम्मत निर्वाचित भएका छन् ।
मोरङ र झापामा भने पदाधिकारी टुंगो लागेपनि सदस्यको भने टुंगो लागिसेकेको छैन । ताप्लुेजुङ्गमा भने सहमतिको प्रयास असफल भएपछि केन्द्रको निर्णय कुरेर नेताहरु बसेको बताइएको छ । एमाले पार्टी सचिव समेत रहेका योगश भट्टराई निकटका बलबहादुर सामसोहाङ र ओली निकटका भुपेन्द्र थेवे आकांक्षी बनेपछि सहमतिको प्रयास असफल भएको छ ।
प्रदेश कमिटी अध्यक्ष न्यौपानेका अनुसार इलाममा चुनावपछि अहिले मतगणना जारी रहेको छ । उदयपुरमा सहमतिको प्रयास भइरहेको छ भने ओखलढुङ्गामा मतदान भइरहेको छ । सुनसरीमा भने २७ गतेलाई मतदानको मिति तय गरिएको छ । सुनसरीमा अध्यक्षमा तीन जनाको प्रतिस्पर्धा देखिएको छ । रेवतीरवण भन्डारी, खेमराज पोख्रेल र द्वारिकलाल चौधरी चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
कुल १४ जिल्ला रहेको प्रदेश १ मा संखुवासभामा भने अधिवेशन भएको छैन । चिसोका कारण प्रतिनिधि आउन नसक्ने भन्दै अधिवेशन स्थगित गरिएको प्रदेश अध्यक्ष न्यौपानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण