माघ ७ देखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना भ्याक्सिन लगाएको कार्ड देखाउनुपर्ने
आगामी माघ ७ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना भ्याक्सिन लगाएको कार्ड देखाउनु पर्ने भएको छ। आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले रातोपाटीलाई जानकारी दिइन् ।
‘विभिन्न सार्वजनिक स्थलमा प्रवेश गर्दा जस्तै कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा भ्याक्सिन लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने गरी निर्णय भएको छ’, उनले भनिन्, यो माघ ७ गतेदेखि लागू हुन्छ । भ्याक्सिन लगाएको कार्ड मोबाइलमा खिचेर मोबाइलबाटै देखाएपनि हुन्छ ।’ यो निर्णय गृहमन्त्रालयमार्फत कार्यान्वयनका लागि सिफारिस भएको उनको भनाइ छ।
यसअघि समाचारमा माघ ३ उल्लेख भएकामा बैठकपछि जारी विज्ञप्तिमा संशोधन भएर लागू हुने मिति माघ ७ बनाइएकाले सोहीअनुसार सच्याइएको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण