शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

छिट्टै प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री शाही

आइतबार, २५ पुस २०७८, १८ : १५
आइतबार, २५ पुस २०७८

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् । सत्ता साझेदारी दलका जिल्लादेखि केन्द्रसम्मका अधिवेशनका कारण सरकार विस्तारमा केही ढिलाइ भए पनि अब भने छिट्टै प्रदेश सरकार विस्तार गरिने उनले बताएका हुन् ।

नेपाल प्रेस युनियन सल्यानले आज सदरमुकाम खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भए पनि सरकारका कामकारबाही नियमित चलिरहेको बताए । उनले सत्ता गठबन्धनबीच मन्त्रालयको भागबन्डाका कारण सरकार विस्तारमा ढिलाइ भएको भन्ने हल्ला गलत भएको भन्दै राजनीतिक दलहरूका चुनावी कार्यक्रमले नै ढिलाइ भएको उल्लेख गरे । 

आफ्नो नेतृत्वको सरकार क्रम भङ्गको सरकार नभई गठबन्धनको सरकार भएकाले विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिँदै अघि बढ्ने उनले बताए ।  उनले कर्णाली प्रदेशलाई समृद्ध बनाउन छ ‘ब’ लागू गर्नुपर्ने बताए । कर्णाली प्रदेशले सुनको थालीमा भिख मागिरहेको बताउँदै उनले ६ ‘ब’ लाई कार्यान्वयनमा ल्याउन सकिए समृद्धि कर्णाली बन्न सक्ने दाबी गरे । ६ ‘ब’ अन्तर्गत बाटो, बिजुली, विचार (सूचना प्रविधि), वन, बजार र व्यवस्थापनमा ध्यान र जोड दिन सके प्रदेशलाई धनी र समुन्नत बनाउन सकिने उनको भनाइ छ । 

मुख्यमन्त्री शाहीले जनताले महसुस गर्ने गरी विकास निर्माणका कामहरु सञ्चालन गरिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप